pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Notice Detail

  • Home
  • Notice Detail

परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रम

Pragati School 2022-Nov-05

0 Comments

सूचना

मिति:२०७९।०७।१६

यस विद्यालयका नव नियुक्त प्रधानाध्यापक श्री सत्यनारायण महर्जनज्यूको  परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रम यस  विद्यालयका  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु, शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुखज्यू, ललितपुर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृतज्यू,  सल्लाहाकार समितिका पदाधिकारीज्यूहरु, भवन निर्माण समितिका पदाधिकारीज्यूहरु, शिक्षक अभिभावक संघका पदाधिकारीज्यूहरु, ल.म.न.पा. वडा नं. १० कोपुण्डोलका जन प्रतिनिधिज्यूहरु, टोल सुधार समितिका पदाधिकारीज्यूहरु, फ्रेन्ड्स क्लब कोपुण्डोलका प्रतिनिधिज्यू, प्रगति पूर्व विद्यार्थी संघका पदाधिकारीज्यूहरु,  विद्यालयको विकासमा योगदान पुर्याउनु भएका टोलका विशिष्ट व्यक्तित्वज्यूहरु,  छात्रवृत्ति र चन्दादाताज्यूहरु, टोलबासी, विद्यालयका शुभचिन्तकज्यूहरु  तथा  शिक्षकहरुबिच हुने भएकोले तपशिलको मिति, समय र स्थानमा सम्बन्धित महानुभावहरुलाई उपस्थितिका लागि अनुरोध छ ।

कार्यक्रम हुने मिति, समय र स्थान

मिति : २०७९।०७। १९ गते शनिवार

समय: बिहान ८:३० बजे

स्थान: विद्यालय प्राङ्गण