pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Notice Detail

  • Home
  • Notice Detail

नव नियुक्त प्रधानाध्यापकसँग परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रम हार्दिक्ता साथ सम्पन्न

Pragati School 2022-Nov-05

0 Comments

नव नियुक्त प्रधानाध्यापक श्री सत्यनारायण महर्जनज्यूसँग  विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु, शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरका प्रमुखज्यू, ललितपुर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृतज्यू,  सल्लाहाकार समितिका पदाधिकारीज्यूहरु, भवन निर्माण समितिका पदाधिकारीज्यूहरु, शिक्षक अभिभावक संघका पदाधिकारीज्यूहरु, ल.म.न.पा. वडा नं. १० कोपुण्डोलका जन प्रतिनिधिज्यूहरु, टोल सुधार समितिका पदाधिकारीज्यूहरु, फ्रेन्ड्स क्लब कोपुण्डोलका प्रतिनिधिज्यू, प्रगति पूर्व विद्यार्थी संघका पदाधिकारीज्यूहरु,  विद्यालयको विकासमा योगदान पुर्याउनु भएका टोलका विशिष्ट व्यक्तित्वज्यूहरु,  छात्रवृत्ति र चन्दादाताज्यूहरु, टोलबासी, विद्यालयका शुभचिन्तकज्यूहरु  तथा  शिक्षकहरुबिच परिचय तथा शुभकामना आदान प्रदान गर्न मिति २०७९।०७।१९ गते शनिबारको दिन विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रविनमान व्यञ्जनकारज्यूको अध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्व मन्त्रि श्री ओमकार प्रसाद श्रेष्ठज्यू, सल्लाहाकार समितिका अध्यक्ष डा. श्री वीरेन्द्रराज पोखरेलज्यू, भवन निर्माण समितिका अध्यक्ष तथा पूर्व गभर्नर श्री दिपेन्द्र पुरुष ढकालज्यू, शिक्षक अभिभावक सघका अध्यक्ष श्री मेनुका केसीज्यू, पूर्व विद्यार्थी संघका अध्यक्ष श्री सुमन खनालज्यू , चन्दादाता श्री सुरेशराज शर्माज्यू , विद्यालय व्यवस्थापन समितिका सदस्य डा. श्री कमल प्रसाद बास्कोटाज्यू लगायतका वक्ताहरुले विद्यालयको स्थापनाकालदेखि आजसम्म योगदान पुर्याउने व्यक्तिहरुको स्मरण गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि नव नियुक्त प्रधानाध्यापक श्री सत्यनारायण महर्जनज्यूलाई बधाई तथा शुभकामना र निवर्तमान प्रधानाध्यापक श्री सूर्यप्रसाद घिमिरेज्यूलाई धन्यवाद दिनु भयो ।

नव नियुक्त प्रधानाध्यापक श्री सत्यनारायण महर्जनज्यूले विद्यालयका दिवंगत संस्थापकहरु प्रति श्रदाञ्जली अर्पणका साथै विद्यालयको स्थापनाकालदेखि योगदान गर्दै आउनुभएका शिक्षाप्रेमी, टोलवासी, समुदाय, शिक्षक तथा ज्ञात अज्ञात सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको निरन्तरताको अपेक्षा सहित विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिका लागि आफ्ना भावि कार्यक्रमहरु प्रस्तुत गर्नु भयो ।

यस विद्यालयमा वि.सं. २०४२ साल देखि करिब ३७ वर्षको सेवा अवधिमा करिब ८ वर्ष शिक्षक,  करिब ९ वर्ष सहायक प्रधानाध्यापक र करिब १८ वर्ष प्रधानाध्यापकको भूमिकामा रहेर सेवा गर्नु भएका निवर्तमान प्रधानाध्यापक श्री सूर्यप्रसाद घिमिरेज्यूले नेपाल सरकारको शिक्षा ऐन र नियमको परिधिमा रहेर विधि सम्मत प्रक्रियाबाट प्रधानाध्यापकमा नियुक्त हुनु भएकोमा नव नियुक्त प्रधानाध्यापक श्री सत्यनारायण महर्जनज्यूलाई बधाई दिनुका साथै अनिवार्य अवकाशका लागि बाँकी करिब १४ महिना यसै विद्यालयको शिक्षकको भूमिकामा रहेर सेवा गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत वरिष्ठ शिक्षक श्री अपर्णा थापाज्यूले , नव नियुक्त प्रधानाध्यापकको परिचय बिहानी कक्षाका ईन्चार्ज श्री परशुराम सापकोटाज्यूले र उदघोषण शिक्षक श्री किशोर सुवेदीज्यूले गर्नु भयो ।

यसै अवसरमा विद्यार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर खुल्ला झ्यालहरुमा ग्रिलको व्यवस्था गर्ने परमहंस योगानन्द ध्यान समाजलाई सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न भयो ।