pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

Building Handed over

2020-12-22

10:30 AM

विद्यालय परिसर कोपुण्डोल,

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण एवं जाइकाको सहयोगमा इमजेन्सी स्कुल रिकन्सट्रक्सन प्रोजेक्ट अन्तर्गत निर्मित आठ कोठाको भवन एक समारोहबीच प्रगति शिक्षा सदन माध्यमिक विद्यालय, कुपण्डोललाई हस्तान्तरण गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिंह व्यञ्जनकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन एकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

निर्माण कम्पनीबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटालाई बुझाइएको उक्त साँचो जिल्ला आयोजना कार्यान्वयन एकाईका प्रमुख श्री गुणराज पोखरेल मार्फत विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष नरसिंह व्यञ्जनकारलाई प्रदान गरिएको थियो । व्यञ्जनकारले विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेलाई साँचसो हतान्तरण गरे ।

कार्यक्रममा पूर्वमन्त्री एवं विद्यालयलाई जग्गा प्रदान गर्ने समाजसेवी ओमकारप्रसाद श्रेष्ठ, भवन निर्माण समितिका अध्यक्ष दिपेन्द्रपुरुष ढकाल, सल्लाहकार समितिका अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलको सहभागिता थियो । त्यस्तै सल्लाहकारहरु डा. महाश्रम शर्मा, डा. किरण रुपाखेती, डा. मदन मानन्धर, कबिन्द्रराज शर्मा, मीना खड्का, बनमाली ढुङ्गेल, प्रा. विनोद श्रीवास्तव १० नं. वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले स्वागत मन्तव्य सहित विद्यालयको गतिविधि र नव निर्मित भवनको ’boutमा बताए ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथि, सल्लाहकार समितिका अध्यक्ष, भवन निर्माण समितिका अध्यक्ष लगायतका वक्ताले विद्यालयको शैक्षिक पक्षको प्रशंसा गर्दै भवन निर्माणपछि भौतिक पक्ष पनि सवल रहेको बताए । अब समयको माग अनुसार विद्यार्थीको अनुशासन, राष्ट्रियता जगाउने, अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन र नैतिक शिक्षामा जोड दिन पर्ने धारणा राखे ।

वि.सं.२०७२ सालको विनासकारी भूकम्पबाट क्षति भएको भवन निर्माण गर्न २०७५ वैशाख ६ मा जिल्ला अयोजना कार्यान्वयन एकाई, ललितपुरसँग सम्झौता सम्पन्न भई काम अगाडि बढाइएको थियो ।